राैतहट, नेपाल ।
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहकाेनेतृत्वमा गठित आ.ई.टि आर्मीको आज रौतहटमा बिशेष बाईक रैली थियो, त्यसक्रममा विभिन्न गाडीहरुले भारतीय नम्बर प्लेटको देखिएको थियो त्यस्तै अधिकांश मोटरसाइकलहरु भारतीय पनि नम्बर प्लेट कै थियो ।
त्यस्तै गरि रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ८ वडाध्यक्षको हरिराम राउतकाे पाएको सरकारी मोटरसाइकलसमेत गाेनाही बजारदेखि जयनगर तर्फ- जादै गरेको देखियो त्यस्तै त्यहीँ नगरपालिकाका उपप्रमुख परनिया देवी पटेलले सरकारी गाडीको प्रयाेग उक्त रैलीमा मा गरेको पाइएको छ। यसरी विभिन्न राजनीतिक कार्यकर्ताले राजनैतिक रुपमा हुने बिभिन सभा समूहमा सरकारी गाडीको दुरुपयोग बढ्दै गइरहेको छ।।

Century Times
