Covid 19 ले अफ्ट्यारोमा परेका विभिन्न महिलाहरुको लागि मानविय सहायता स्वरुप UNDP ले प्रभु बैंक शाखा कार्यालय गौर रौतहट मार्फत पठाएको रकम निकाल्न आएका मानिसहरुसंग मिति २०७८।०७।०१ गते अं.१४:०० बजेको समयमा दलित जनजाती उथान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर जिल्ला रौतहट बौधीमाई नगरपालिका वडा नं.१ बस्ने गौरीशंकर साह कलवारको छोरा बर्ष २४ को बिकेश जयसवालले रु.३०००/३३०० का दरले अबैध रुपमा पैसा उठाई ठगी गरि रहेको भन्ने सुचना प्राप्त हुनासाथ यस कार्यालयबाट खटिई गएको प्रहरी टोलीले सोही प्रभु बैंकको गेट अगाडी प्यासेजमा निज बिकेश जयसवाललाई फेला पारी निजको शरीर तथा निजले पिड्युमा भिरेको कालो रंगको झोला समेत खानतलासी गर्दा निजले बोकेको झोला भित्रबाट आपराधिक लाभ (एक्सटर्सन) लिने मनसायले ठगी गरेको नेपाली नगद रुपैया ६०,७००।– समेत फेला परी बरामद भई पक्राउ परी दाखिला हुन आएको निज प्रतिवादी उपर सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान कार्य भईरहेको ।

Century Times
