नेपालको संविधान २०७२को धारा ७६मा सरकार गठनको व्यवस्था वा प्रक्रिया यसप्रकार रहेका छन्:
संविधानको धारा ७६(१)मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुने व्यवस्था छ।
धारा ७६(२) उपधारा ( १) बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ।
धारा ७६को उपधारा (३) प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त हुन सक्ने अवस्थामा नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्ने नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ।
(४) उपधारा (२)वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधिसभामा बाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ।
धारा ७६(५)मा उपधारा ३बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्ने नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ। यसरी नियुक्त प्रधानमन्त्री पनि तीस दिनभित्र विश्वासको मत लिनुपर्ने छ। विश्वासको मत प्राप्त गर्ने नसकेमा अवस्थामा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी ६महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हूने गरी निर्वाचनको मिति तोक्ने छ।
समग्रमा भन्नुपर्दा स्पष्ट बहुमतको सरकार,त्यो नभए दुई वा बढी दल मिलेको बहुमतको सरकार बनाउनु पर्ने हुन्छ। त्यसो नभए सबैभन्दा बढी मत ल्याएको दलले सरकार बनाउन पाउने। छ।”अल्पमतको सरकारले त्यस्तो अवस्थामा एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्छ।त्यसो पनि नभए फेरि कुनै पनि सांसदले “विश्वासको मत प्राप्त गर्ने सक्छ” भन्ने आधार देखाएर प्रधानमन्त्री हुन पाउँछ। संविधान अनुसार त्यस्तो अवस्थामा बनेको प्रधानमन्त्रीले समेत विश्वासको मत नपाएमा मात्रै ६महिनाभित्र निर्वाचनको मिति घोषणा गरेर प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने पाउँछ।

नाम:-आशिक अली
योग्यता:-स्नातकोत्तर (त्रिभुवन विश्वविद्यालयका)
सन्दर्भ सामग्री:-नेपालको संविधान २०७२
Century Times
