Century Times

चुरे तथा वन जंगल संरक्षण अभियानका दुई अभियन्ताा मांग राख्दै आमरण अनशनमा

चुरे तथा वन जंगल संरक्षण अभियानका दुई अभियन्ता विभिन्न पाँचसूत्रीय माग राख्दै आमरण अनशनमा बसेका छन् । सिराहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेको जग्गा फिर्ता हुनुपर्नेलगायत विभिन्न पाँचबुँदे माग राख्दै चुरे अभियन्ता अमन यादव र रानी राय जनकपुरधामस्थित स्थानीय जनकचोकमा बिहीबारदेखि आमरण अनशनमा बसेका हुन्।

अनशनमा बसेको आज पाँचौं दिन बितिसक्दा पनि संबंधित निकायको ध्यानाकर्षण भएको छैन। यता अनशनकारी रानी रायको स्वास्थ्य अवस्था पनि बिग्रीदै गएको छ। विभिन्न संघ संगठनहरु द्वारा अनशनमा समर्थन जनाउँने क्रम जारी नै रहेको बेलामा “चुरे तथा वन जंगल संरक्षण समितिले जनकपुरधाम जनक चौक स्थित गर्दै गरेको आमरण अनशनमा दिलिप महतोको मुद्दालाई किन समेट्न सकेन??” भनेर प्रश्न समाजिक संजालमा देखा पर्यो। प्रश्न युवा राहुलराज यादवले गरेका रहेछन। उनी दिलिप महतोको हत्या भएको दिन देखि अहिलेसम्म दिलिप महतोलाई पर्यावरण सहिद घोषणा गर्न विभिन्न कार्यक्रमहरु गरि सरकार माथी दबाब सिर्जना गर्दै आइरहेको छ।

अहिले राहुलराज जस्ता कयौँ युवाले यहि प्रश्नको उतर खोज्न थालेका छन।”चुरे तथा वन जंगल संरक्षण समितिले सुरु देखि नै दिलिप महतोको मुद्दाको लागी आवाज उठाउदै आएको थियो।अहिले चुरे संबंधितकै समस्या लिएर उक्त समिति जनकपुरधाम जनक चौक स्थित आन्दोलन गर्दै आएका छन भने दुई जना अभियानी आमरण अनशनमा समेत बसेका छन। तर यसपटक समितिले चुरे सँग नै संबंधित दिलिप महतोको मुद्दालाई समेट्न सकेन। म एक पात्र यसको निरन्तर विरोध गर्दै आएको छु। मेरो विरोध हुँदै गरेको आन्दोलन सँग पक्कै पनि हैन। मेरो विरोध कुनै अभियानीको विरुद्ध पनि हैन। न त यो कसैको लहैलहैमा गरेको विरोध हो। म केवल सधै देखि उठान गर्दै आएको मुद्दा छुट्यो कि? भनेर स्मरण गराउन मात्रै खोज्या हो। मलाई व्यक्तिगत “निरन्तर जुन काममा ती अभियानीहरु लागेका थिए, अहिले लगभग दिलिप घटना सँग तालमेल राख्ने (मिल्दोजुल्दो) आन्दोलन चलाउदै गरेको बेला दिलिप घटना समेट्न नसक्नु खेद जनक/ त्रुटीपुर्ण रहेको” अभास हुँदा गरेको यो विरोध हो।” भनेर यादवले समाजिक संजालमा लेखेर जनाएका छन।उनले “अनशन समुहकै एक अभियानीले दिलिप महतोको मुद्दा यस अनशनमा समेट्न नसक्ने भनेर भन्दै छ भने अर्कोतिर एक अभियानीले दिलिप महतोको मुद्दा हाम्रो भुलले ब्यानरमा आएको छैन, हामी राख्छौँ भनेर जानकारी गराउदै छ। त्यसैले पहिला अभियानीहरुलाई क्लियर हुन भन्नुहोस्। हामी तपाईंको साथमा छौँ कि छैनौँ भने कुरा यी मुद्दाको समायोजनले मात्रै प्रष्ट पार्छ। तसर्थ आफूहरु दुईधारमा बसेर युवाहरूलाई समेत दुईधारमा बाँड्ने प्रयास नगर्नुस” भनेर आग्रह गरेका छन।निरन्तर दिलिपको लागि सँगै आवाज उठाउने अभियानीहरु आज दिलिप महतोलाई अचानक बिर्सेर अगाडि बढदा आश्चर्य हुनु स्वाभाविक हो। र त्यो स्वाभाविक आश्चर्यले उब्जाएको प्रश्न हो “चुरे तथा वन जंगल संरक्षण समितिले जनकपुरधाम जनक चौक स्थित गर्दै गरेको आमरण अनशनमा दिलिप महतोको मुद्दालाई किन समेट्न सकेन??”

Leave a reply

Your email address will not be published. Required fields are marked *

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »