नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) ले धनुषा जिल्लाको मिथिला नगरपालिकाको वडा-४ मा वडा भेला आयोजना गरि वडा कमिटी गठन गरेको छ। वडा भेला पार्टीका केन्द्रिय पोलिट्व्युको सदस्य कमरेड सुधिर प्रसाद साहको प्रमुख अतिथिमा र कमरेड विशुनदेव यादवको अध्यक्षतामा सम्पन्न भएको भेलाका कार्यक्रम संचालक जानकी यादवले जानकारी गराउनु भएको छ।कार्यक्रममा जिल्ला सदस्यहरु बिसुन देब यादब ,लक्ष्मी ठाकुर सहित नेताहरुको उपस्थितरहेको रहेको थियो ।

भेला बाट कमरेड हरउ यादबको नेतृत्वमा (अध्यक्ष ), कलम नदाफ उपाध्यक्ष सुजित प्रसाद साह सचिव सहित ४५ सदस्य वडा कमिटी गठन भएको छ। भेलामा प्रमुख अतिथि कमरेड सुधीर प्रसाद साह ज्युले मन्तव्यको क्रममा अगामी राजनीति यात्रा, वडा कमिटीको काम, कर्तव्य र अधिकार बारे स्पष्ट पार्नु भएको थियो। साथै समाजवादको यात्रामा जुटने सबै कमरेडमा बधाई ज्ञापन गर्दै अध्यक्षता गर्नु भएको कमरे विशुनदेव यादवले कार्यक्रम समापन घोषण गर्नु भएकोछ।

Century Times
