माननीय अध्यक्ष डाक्टर विजय कुमार दत्तज्यूको प्रमुख आतिथ्य एवम् माननीय सदस्य तथा बागमती प्रदेश संयोजक आभा कुमारीको अध्यक्षता र नगर उप प्रमुख मिना कुमारी लामा,प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डे, प्रदेश लोकसेवा आयोगका सचिव रामकृष्ण अधिकारी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङ्ग,अनुसन्धान प्रमुख प्रहरी उपरीक्षक पप्पु शर्मा पौडेल ,सशस्त्र प्रहरी गण प्रहरी नायब उपरीक्षक शैलेन्द्र श्रेष्ठ , सिनियर इन्जिनियर सत्यनारायण साह, संयुक्त मधेसी सेवा समाजका अध्यक्ष सुशील प्रसाद सेनुरिया,सिन्दुरिया समाज नेपालका अध्यक्ष राजाबाबु दास, कानु समाज का अध्यक्ष अजय कुमार गुप्ता,केसरी समाज नेपालका अध्यक्ष रन्जित केशरि,रौनियार सेवा समितिका जिल्ला सचिब शम्भु गुप्ता र कलवार सेवा समितिका उपाध्यक्ष रविरन्जन गुप्ता लगायतका अतिथिहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रजिअ भरत मणि पाण्डे , लोकसेवा प्रदेश सचीव रामकृष्ण अधिकारी र सिनियर इन्जिनियर सत्यनारायण साहले लोकसेवाको महत्त्व र मधेशी समुदायको समावेसी सहभागीता बारेमा बोल्दै सहभागीलाई प्रशिक्षण गराएकाथिए ।

प्रमुख अतिथि माननीय अध्यक्ष डाक्टर बिजय कुमार दत्तज्यूले सुषुप्त अवस्थामा रहेका मधेसी अभिभावकहरुलाई जागृत गराई मधेसी समुदायको सशक्तीकरण गराउदै प्रशासनिक क्षेत्रमा सहभागीता बढाउन बिद्यार्थी बर्गलाई उत्प्रेरित गर्न र स्थानीय सरकारलाई यस तर्फ ध्यानाकर्षण गराउनु कार्यक्रमको उदेश्य रहेको बताएकाथिए । संयुक्त मधेसी सेवा समाज नेपालका सचीव नन्दलाल दासबाट संचालित कार्यक्रममा मधेसी समुदायका बिद्यार्थी र अभिभावक गरि ६० जनाको सहभागीता रहेकोथियो ।
Century Times
