Century Times

राष्ट्रिय युवा संघ नेपाल बारा द्वारा आयोजित खुल्ला रगतदान कार्यक्रम

कलैया , बारा
आज बारा जिल्ला को सदरमुकाम कलैया मा राष्ट्रिय युवा संघ नेपाल बारा द्वारा आयोजीत बृहत् खुल्ला रक्तदान कार्यक्रममा १५ जना महिला सहित ८० जनाले रक्त दान गर्नु भएको छ ।

प्रमुख अतिथि का रूप मा नेकपा एमाले का केन्द्रिय सदस्य र जिल्ला इन्चार्ज बलवीर चौधरी हुनुहुन्थ्यो भने विशेष अतिथि का रूप मा बारा जिल्ला नेकपा एमाले का जिल्ला अध्यक्ष विनोद साह हुनुहुन्थ्यो । साथै राष्ट्रिय युवा संघ नेपाल का बारा जिल्ला अध्यक्ष प्रुशोतम साह र सदस्य हरु को सहभागिता रहेको खबर युवा नेता शशी दास ले जानकारी दिनु भएको छ।


नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र पर्सा , वीरगंज प्रशंसा – पत्र उत्कृष्ट मानवीय सेवाभावबाट अभिप्रेरित भई मिति २०७८/१०/२९ मा आयोजित रक्तदान कार्यक्रममा . अमूल्य सहयोग पुर्याउने श्री . राष्ट्रिय युवा संघ नेपाल बारा स- धन्यवाद यो प्रशंसा पत्र प्रदान गरिएको छ ।

( रक्तदान गर्नुहुने, सम्पूर्ण आदर्निय नेता कमरेड लगायत सम्पूर्ण रक्तदाता , रेडक्रश बिरगंजका सम्पूर्ण टीमलाई हार्दिक धन्यवाद दिनचाहनछु , रगत दान जीवन दान राष्ट्रिय युवा सँग नेपाल का केन्द्रीय सदस्य र बारा जिल्ला का युवा नेता शशी दास को भनाई )


कोभिड १९ का कारण उत्पन्न रगत अभाव पूर्ति का लागि
आयोजित सप्ताहव्यापी खुल्ला रगत दान अभियान कार्यक्रम मा सम्पूर्ण रगत दान गर्ने रगत दाता हरु लाई प्रमाणपत्र प्रदान गर्नु को साथै फलफूल र खाने कुरा हरु बाँडिएको थियो।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »