Century Times

श्री भगवती क्लबलाई टोखा नगरपालिकाको २० लाख सहयोग

श्री भगवती क्लबलाई टोखा नगरपालिकाको २० लाख सहयोग

 काठमाडौं । शहीद स्मारक बी डिभिजन लिग क्लब श्री भगवती क्लबलाई टोखा नगरपालिकाले साथ दिएको छ ।

काठमाडौंको उत्तरी भेगको प्राचिन सहरको एक मात्र बी डिभिजन क्लबको रुपमा रहेको प्रतियोगिताकाका लागि नगरपालिकाले नगद २० लाख सहयोग गरेको मेयर प्रकाश अधिकारीले जानकारी गराए ।

क्लबको ३१ औं वार्षिकोत्सवको अवसरमा मेयर अधिकारीले आफ्नो कार्यकाल लम्बेको खण्डमा यस रकममा वृद्दी गरि अर्को वर्षदेखि ५० लाख पुर्‍याउने समेत बताए ।

यसका साथै क्लबलाई नगरपालिका भित्र रहेको ११ वडा मध्ये ४ र ५ वडा बाहेक अन्य वडाहरुले नगद तथा खेल पोशाकको सहयोग गरेको छ । नगरपालिकाले टोखाको एक मात्र एन्फा बी डिभिजन क्लबलाई टोखा नगरकै अपनत्व प्रदान गरेको छ क्लबका अध्यक्ष ईन्द्र राज जोशीले बताए ।

युवाहरुलाई खराव बाटोबाट सहि मार्गमा हिड्न अभिप्रेरित गर्ने उद्धेश्यले २०४७ सालमा स्थापित क्लबले सामाजिकका साथै खेलकुद बिशेषत फुटबलमा अगाडी बढाउँदै आईरहेको छ ।

डि डिभिजनबाट सि हुँदै बी डिभिजनमा पुगको क्लब दुई पटक उपविजेता बनेको थियो । यस पटक क्लबले ए डिभिजनको यात्रा तय गर्ने लक्ष्य राखेको क्लबको अध्यक्ष ईन्द्र राज जोशीले बताए ।

क्लबलाई बी डिभिजन प्रतियोगितामा सहभागिता तथा प्रतिस्पर्धाका लागि अन्य संघ संस्थाले पनि सहयोग गरेको क्लबका पूर्व अध्यक्ष एवं नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रिय सदस्य रमेश नापितले जानकारी गराए ।

मंगलबारदेखि सुरु भएको यस सिजनको बी डिभिजन लिगको पहिलो खेलमै श्री भगबती क्लबले झम्सिखेल क्लबलाई ३–१ ले पराजित गर्दै सुखद सुरुवात गरेको छ । लिगमा कूल १४ क्लले प्रतिस्पर्धा गर्नेछन् । यस पटक बी डिभिजन लिगको शीर्ष दुई स्थानमा रहने ए डिभिजनमा बढुवा हुनेछन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »