वीरगंज, ९ बैशाख ।
पर्साकाे कालिकामाई गाउँपालिकामा नेपाली कांग्रेसलाई कमजाेर बनाउने याेजनाकाे खुलासा हुन थालेकाे छ । गाउँपालिका उपाध्यक्षकाे टिककाे लागि जनमत देखाउन एक सत्ता अघि कांग्रेस प्रबेश गरेका एक जनाले पुन: आफ्नाे ठाउँमा पुगेका छन् ।

चैत ३० गते नेपाली कांग्रेस प्रबेश गरेका कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी निवासी पप्पु खाँले बैशाख ७ गते नेपाल शुसासन पार्टीमा प्रबेश गरेका छन् ।नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ काे क्षेत्रिय समितिले भेडिहारीमा आयाेजना गरेकाे पार्टी प्रबेश कार्यक्रममा राधाकिशुन चाैरसियाकाे नेतृत्वमा नेपाली कांग्रेस प्रबेश गरेका खाँले बुधबार पाेखरियामा आयाेजित पार्टी प्रेबेश कार्यक्रममा दिप्पु तिवारीकाे नेतृत्वमा नेपाल शुसान पार्टीमा प्रबेश गरेका हुन् ।उनी शुसान पार्टीबाट नै कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीकाे वडाध्यक्षकाे उम्मेदवार समेत रहेका छन् । तिवारी साेही पार्टीका कालिकामाई गाउँपालिका अध्यक्षका उम्मेदवार हुन् ।
चाैरसियालाई कांग्रेसबाट गाउँपालिका उपाध्यक्षकाे टिकट दिलाउन जनमत देखाउनकाे लागि कांग्रेस प्रबेश गरेका खाँ पुन: साे याेजना सफल भएपछि शुसान पार्टीमा फर्केका हुन् । कांग्रेसका नेताहरुलाई चाैरसियासंग जनमत रहेकाे देखाउन याेजना अनुसार उनकाे नेतृत्वमा कांग्रेस प्रबेश गरेका खाँ पुन: रमेश खरेल नेतृत्वकाे शुसान पार्टी प्रबेश गरेकाे स्थानियहरुले वताएका छन् ।गाउँपालिका सभापति छठु साह भन्दा चाैरसियासंग बढी जनमत रहेकाे दखाउनकाे लागि उनीसहित धेरै जनाले कृतिम पार्टी प्रबेश गरेकाे स्थानियहरुकाे भनाई छ ।
जनता समाजवादी पार्टी (जसपा) ले चाैरसियासंग जनमत नरहेकाे कारण नै उनले दाबी गरेकाे गाउँपालिका उपाध्यक्षकाे टिकट नदिएपछि टिकट दिने अर्काे पार्टी खाेज्न थालेका थिए । लामाे प्रयासपछि साहले नेतृत्व सम्हालेपछि कालिकामाई बलियाे हुँदै गएकाे कांग्रेसलाई कमजाेर बनाउने याेजना अनुसार केही नेताहरुसंग टिकटकाे बार्गेनिङमा कांग्रेस प्रबेश गर्न सफल भएकाे चाैरसियाकाे रहस्य खुलेकाे हाे । लामाे समयदेखी कालिकामाईमा कमजाेर रहेकाे कांग्रेसले साहले नेतृत्व समाहलेपछि बलियाे हुँदै गएपछि उनी अन्य सबै राजनीतिक दलकाे स्थानिय नेताहरुकाे नजरमा थिए ।
याे पालिकाकाे निर्वाचनमा उनी टिकट पाए कांग्रेसकाे जित निजित रहेकाे त्रासमा अन्य दलका उम्मेदवारहरुकाे याेजनामा कांग्रेस कै केही स्थानिय नेताकाे सहयाेगमा कालिकामाईमा कांग्रेसलाई कमजाेर बनाउने खेल भएकाे स्थानिय जानकारहरुकाे भनाई छ ।गाउँपालिका सभापति साहकी श्रीमति कुन्ती देवी साहले कांग्रेसबाट गाउँपालिका उपाध्यक्षकाे टिकट पाउने पक्का रहेपनि यता आएर नव प्रबेशी चाैरसियाकाे बुहारी वा श्रीमतीले उपाध्यक्षकाे टिकट पाउने पक्का रहेकाे हल्ला चलेपछि कालिकामाई गाउँपालिकाबासीमा निराशा छाएकाे स्थानियहरुले वताएका छन् । तर नेताहरुले अझै सम्म उपाध्यक्षकाे टिकट बारे टुंगाे लागि नसकेकाे वताएका छन् ।
Century Times
