नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा सुनसरीका पालिकाको उम्मेदवार टुङ्ग्याएको छ । काँग्रेसले इटहरी उपमहानगरपालिका प्रमुखमा हेमकर्ण पौडेललाई उम्मेदवार बनाएको छ ।
यस्तै धरान उपमहानगरपालिका मेयरमा काँग्रेसबाट किशोर राई उम्मेदवार बनेका छन् । काँग्रेसले इनरुवाको मेयरमा केदार भण्डारी र उपमेयरमा विनिता महतोलाई टिकट दिएको छ ।
यस्तै रामधुनीको मेयरमा सुदिव अधिकारी र उपमेयरमा आशा चौधरीलाई काँग्रेसले उम्मेदवार बनाएको छ । यस्तै बराहमा रमेश कार्कीले मेयरको टिकट पाएका छन् ।