सरकारले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयमा आवेदन दिन भनेको छ ।
प्लस टूमा कम्तिमा सी प्लस वा जिपिए २.४ ल्याएका, स्वदेशी विश्वविद्यालय वा आंगिक, सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थामा भर्ना भएर स्नातक वा सो सरह तहको प्रथम वर्ष वा पहिलो वा दोस्रो सेमेस्टरमा भर्ना भइ अध्ययन गरिरहेकाले दरखास्त दिन पाउनेछन् । उमेर २५ वर्ष ननाघेको हुनुपर्नेछ ।
सरकारले गत २६ फागुनमा निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने निर्देशिका, २०७८ स्वीकृत गरेको थियो । यो कार्यक्रमका लागि सरकारले चालु आवमा साढे १४ करोड बजेट विनियोजन गरेको छ ।
Century Times
