बीरगंज | सरकारले जीप, कार र भ्यानहरु लगायत १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाउने निर्णय गरेको छ । तर कृषिको नाममा भित्र्याउने र ७०% भन्दा बढी अन्य व्यवसायिक प्रयोजनमा प्रयोग हुने ट्रैक्टरमा कसैको ध्यान गएको छैन ।
देशमा हाल ३००० भन्दा बढी ट्रैक्टर आयातकर्ता र डिलर संग स्टकमा छ । उक्त संख्या देश को मात्र कृषि प्रयोजनका लागि ६ देखि ९ महिना सम्मको लागि प्रयाप्त छ । तर देशमा थप ट्रक्टरको LC प्रदान गरीदैछ ।
भारतीय ट्रक्टर निर्माता कम्पनीहरुले डीलरशिप वाट हटाई दिने धमकी सहित आयातकर्ताहरु लाई थप ट्रैक्टर खरीद गर्न बाध्य बनाई रहेका छन । प्रत्येक १ लौरी (७-८ पिस) ट्रैक्टर को LC खोलदा देश वाट करीब ६० हजार अमेरिकी डॉलर बहिरीने गरेको छ ।
आउने May महीना वाट सबै कम्पनी हरु को ट्रैक्टर को मूल्य ५% ले बढ़ने भन्दै April महीना को बाकी रहेको ३-४ दिन मा धेरै LC खोल्न निर्माता कम्पनीहरुका नेपाल प्रवन्धक हरु को दबाब छ ।
यता बैंकहरुले पनि आयातकर्ताको स्टक र बजारको मांग को अध्यन र विश्लेषण नगरी जथाभावी LC प्रदान गरिरहेका छन् ।
