Century Times

दलहरूबाटै आचार संहिता उल्लंघन, सम्बन्धित निकाय मौन

दलहरूबाटै आचार संहिता उल्लंघन, सम्बन्धित निकाय मौन

स्थानीय तह निर्वाचनको प्रचारप्रसारको क्रममा सिरहामा दलहरूले  व्यापक आचार संहिता उल्लंघन गर्दै आएका छन् । राजनीतिक दलहरूले चुनाव प्रचारप्रसार अभियानमा घरदैलो गर्दा शक्ति प्रदर्शन समेत गर्ने गरेका छन् ।  गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रले गरेको घरदैलो कार्यक्रममा व्यापक रुपमा बालबालिका प्रयोग भएका छन् । यसरी आचारसंहिता उल्लंघन हुँदा पनि प्रहरी प्रशासन मुकर्दशक बन्ने गरेको छ ।

जिल्लाको गोलबजार, मिर्चैया, धनगढीमाई, कर्जन्हा, कल्याणपुर, लाहान, सिरहा लगायतका स्थानमा आचारसंहिता उल्लंघन धेरै भएपनि स्थानीय प्रशासन मूकदर्शक बनेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले डिजे प्रयोगमा रोक लगाए पनि रोकिएको छैन् । भारतीय सवारी साधनमा निषेध गरिएपनि चुनाव प्रचार प्रसारको क्रममा भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरिरहेको देखिन्छ । 

यता, उक्त विषयमा गोलबजारका निर्वाचन अधिकृत शिवप्रसाद आचार्यका अनुसार अहिलेसम्म कुनै पनि राजनीति दलले लिखित उजुरी नहालेको र कसैले उजुर बाजुर गरेमा छानबिन गरी कार्यवाही गर्ने जनाइको छ । उनले मौखिक रुपमा व्यापक आचार संहिताको उल्लंघन गरियो भनेर फोनबाट मात्रै जानकारी आएकाले चासो नदिएको बताए । 

भोट माग्नेसँगै प्रचार सामग्री सार्वजनिकस्थलमा टाँस्ने प्रतिस्पर्धाले गर्दा केही दिनयता गाउँ, शहर रंगिएकाछन् । निर्वाचन आयोगले चुनाव चिह्न अंकित टिसर्ट, टोपी लगाउन समेत प्रतिबन्ध लगाएपनि राजनीतिक दलहरूले फ्लेक्स बोर्ड, स्टीकर, पर्चा, पम्प्लेट छ्याप्छ्याप्ती गराएका छन् ।

सार्वजनिक स्थलमा प्रचार सामग्री टाँस्ने होडबाजी नै चलेको छ । मुख्य सडकका साथै भित्री सडक र गाउँतिर पनि आचार संहिता विपरित प्रचारप्रसार भइरहेको छ । कतिपय उम्मेदवारले पहिलो चरणको घरदैलो सिध्याएका छन् । घरदैलो सिध्याएका उम्मेदवारहरू व्यक्तिगत भेटघाटमा निस्किएका छन् । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »