Century Times

शिव शंकर साह (हिरा) का समर्थकहरु द्वारा समिम मियाँ अन्सारी घेराऊ

शिव शंकर साह (हिरा) का समर्थकहरु द्वारा समिम मियाँ अन्सारी घेराऊ

जनकपुर — मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीमाथि मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोप लागेको छ । जनकपुर उपमहानगरपालिकाको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार जानकीराम साहलाई सघाउने गरी मतदाता प्रभावित पार्न खोजेको अन्सारीमाथि आरोप लागेको हो ।

@centurytimes

BREAKING: मुस्लिम आयोगका अध्यक्ष समीम अंसारीले जनकपुरको होटल सिताशरणमा पैसा वितरण गरिरहेको अवस्थामा होटल घेराऊ गरेका स्थानियहरु बाट बचाउँदै प्रहरीले उद्धार गरि ग्रह जिल्ला लगेको छ ।

♬ original sound – Century Times

अन्सारी जनकपुरस्थित सीताचरण होटेलमा ४ दिनदेखि बसेको र साहका पक्षमा मुस्लिम मतदातालाई प्रभावित गर्न खोजेको आरोप लागेको छ । साह केही दिनअघि मात्रै एमालेमा प्रवेश गरेका थिए । एमाले प्रवेश गराउन अन्सारीले नै भूमिका खेलेका थिए । एमालेबाट टिकट नपाएपछि साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट एमालेमा प्रवेश गरेका थिए ।

अन्सारीले होटेलमा बसेर पैसा बाँडिरहेको भन्ने सूचना पाएपछि एमाले जनकपुर अध्यक्ष सुरेन्द्र भण्डारी १५/२० जनाको समूहमा लिएर होटेल पुगेका थिए । होटेलमा होहल्ला र तोडफोड गरेको आरोपमा भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै आयोगका अध्यक्ष अन्सारीलाई भने प्रहरीले उद्धार गरी काठमाडौं पठाउनका लागि जनकपुर विमानस्थल पुर्‍याएको छ ।

स्रोत: ekantipur.com

@centurytimes

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीमाथि मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोप लागेको छ । जनकपुर उपमहानगरपालिकाको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार जानकीराम साहलाई सघाउने गरी मतदाता प्रभावित पार्न खोजेको अन्सारीमाथि आरोप लागेको हो । नेकपा एमालेका नगर प्रमुखका उम्मेदवार शिव शंकर साह “हिरा” का समर्थकहरुले समिम मियाँ अन्सारी लाई घेराऊ गरेका थिए ।

♬ original sound – Century Times



Leave a reply

Your email address will not be published. Required fields are marked *

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »