Century Times

जनकपुरधाम देखि भारतको राजस्थान राज्यको खाटू श्याम जी मन्दिरका लागी साइकल यात्रा प्रारम्भ

जनकपुरधाम देखि भारतको राजस्थान राज्यको खाटू श्याम जी मन्दिरका लागी साइकल यात्रा प्रारम्भ

शुक्रबार । भारतको झुंझंनु जिल्ला डुलानीयाका लोकेश शर्मा (हितेन्द्र शर्मा)ले जनकपुरधामको श्याम मन्दिर देखि भारतको राजस्थान राज्यको सीकर जिल्लामा अवस्थीत खाटू श्याम जी मंदिरका लागी साईक यात्रा प्रारम्भ गरेकाछन् ।

यहि मार्च १८ तारिख शनिबारका दिन माडवारी सेवा समिति जनकपुरधामको प्राङ्गनमा अवस्थित श्याम मन्दिरबाट बाबा श्याम जी को निशानी लिएर साईकल यात्रा प्रारम्भ गरेकाहुन् । उनी अप्रैल १ तारिका दिन उक्त स्थानमा पुग्ने जनाएका छन्। यात्राका क्रममा उहाँलाई ठाउँ ठाउँमा भव्य स्वागत गरिएको छ ।

जनकपुरधामबाट करिब १२२२ कि.मी.दूरी रहेका भारतको राजस्थान राज्यको सीकर जिल्लामा एक प्रसिद्ध गाउँमा श्री खाटू श्याम जी जुनकि बाबा श्यामको विश्व विख्यात मंदिर छ । यो मंदिर करीब १००० साल पुरानो रहेको छ जसलाई १७२० मा अभय सिंहद्वारा मंदिरको पुनर्निर्माण गराएको थियो । यस मंदिरमा भीम को नाती र घटोत्कचका तीन पुत्र मध्ये ज्येष्ठ पुत्र बर्बरीक को सिर(टाउको)को पूजा हुन्छ । जुनकि बर्बरीक को बाँकी शरिर को पूजा हरियाणाको हिसार जिल्लाको एक सानो गाउँ स्याहड़वा मा गरिन्छ।

श्री खाटू श्याम जी को बाल्यकालको नाउँ बर्बरीक थियो । उनको आमा, गुरुहरु र नातेदारहरु उनलाई यसै नामले बोलाउँथे । श्याम नाम उनलाई भगवान श्री कृष्णले दिएका हुन् । बाबा श्यामलाई श्याम बाबा, तीन बाण धारी, नीलो घोडाको सवार, लखदातार, हारेका सहारा, शीशको दानी, मोर्वीनंदन, खाटू वाला श्याम, खाटू नरेश, श्याम धणी, कलयुगको अवतार, कल्युग को श्याम, दीनोंका नाथ आदि नामले पनि जान्ने गर्दछन् ।

कसरी बने बर्बरीक खाटूश्याम जी ?

यो कहानी मध्य कालीन महाभारत बाट शुरू भएको मानिन्छ । खाटूश्याम जी महाराजलाई पहिले बर्बरीकको नामले जान्दथे । उहाँ अति बलशाली भीम को पुत्र घटोट्कच र प्रागज्योतिषपुर (वर्तमान आसाम) को राजा दैत्यराज मूर की छोरी कामकटंककटा “मोरवी“ का पुत्र हुन् खाटूश्याम जी महाराज ।
खाटू श्यामजी बाल अवस्थामा अति बलशाली र वीर थिए । उनले युद्ध कला अफ्नी आमा मोरवी तथा भगवान् श्री कृष्ण बाट सिकेका थिए । उनले भगवान शिवको आराधना गरी उनले तीन बाण प्राप्त गरेका थिए । उसै कारणले पनि उनलाई  तीन बाण धारी को नामले पनि परिचित हुन पुगे र दुगाले पनि प्रसन्न भएर उनलाईं धनुष प्रदान गरेका हुन् जुनकी उनलाईं तीन लोकमां विजय गराउन सक्दथ्यो ।
जब महाभारतको युद्ध कौरव र पांडवहरु बिच भईरहँदा यसको खबर जब बर्बरीक सम्म पुग्दा उनलाई पनि युद्धमा होमिन मन गर्यो । ऊ आफ्नी आमा नजीकर भने म पनि महाभारतको युद्ध गर्न चाहन्छु अनी उनकी आमाले भनीन् तिमी कसको तर्mिबाट युद्ध गर्छौ । अनि उनले भने म हार्न लागेका तर्फबाट युद्ध गर्छु । जुन बेला त्यो युद्ध गर्न गई रहेका थिए उनको भेंट बाटोमा भगवानं श्री कृष्ण सँग भए । उनले सोधे तिमी कहाँ गई रहेकाछौ । अनि बर्बरीक ले सबै कुरो भगवानं श्री कृष्णलाई बताए ।

युद्ध शुरु हुनु भन्दा पूर्व युद्धभूमि पूजन कालागी तीनै लोकमा सर्वश्रेष्ठ क्षत्रियको शीशलाई आहुति दिनुपर्ने हुन्छ त्यसैले भगवान श्री कृष्णले बर्बरीक को शीश दान माँगे र उनले आफ्नो शिश अर्पन गर्दै भने कृष्णलाई प्रार्थना गरे कि ऊ अन्तसम्म महाभारतको युद्ध हेर्न चाहन्थे । श्री कृष्णले उनकी यो प्रार्थना स्वीकार गरे र यस बलिदानीबाट प्रसन्न भई बर्बरीकलाई युद्धमा सर्वश्रेष्ठ वीर को उपाधि प्रदान गरेका थिए र कलयुग मा सबैले तिमीलाई श्याम कै नामले जान्नेछन् । किन भने तिमी हार्नलागेका सँग साथ छौ । उनको शीशलाई युद्धभूमिकै समीप एक पहाड़ीमा सुशोभित गर्यो ,जहाँबाट बर्बरीक सम्पूर्ण युद्ध हेर्न सकथे। फाल्गुन माहिनाको द्वादशीका दिन उनले आफ्नो शीश दान गरेका थिए । यसै प्रकारले शीश का दानी कहलिए ।

उहाँको शीश खाटू नगर (वर्तमान राजस्थान राज्य को सीकर जिला) मा अन्तयष्टी गरेकाले उनलाईं खाटू श्याम बाबा पनि भनिन्छ । एउटा गाई त्यस स्थानमा आएर सधैं आफ्नो स्तनेंबाट दुग्धको धारा स्वतः बगाई रहन्थे । खुदाई पछि त्यो शीश प्रकट भयो, जसलाई केहि दिनकालागी एक ब्राह्मणलाई हस्तान्त्रण गरेका थिए । एक दिन खाटू नगर का राजा लाई स्वप्नमां मन्दिर निर्माणका लागी र त्यो शीश मन्दिर मा सुशोभित गर्नकालागी प्रेरित गउर्यो । त्यसपछि उक्त स्थानमा मन्दिर निर्माण गर्यो र कार्तिक महिनाको एकादशीको दिन शीश मन्दिर मां सुशोभित गर्योजसलाई बाबा श्याम जन्मदिनका रूपमा मनाईन्छ ।

मूल मंदिर १०२७ ई. मां रूपसिंह चौहान र उनकी पत्नी नर्मदा कँवर द्वारा बनाईएको थियो । मारवाड़ को शासक ठाकुरकोे दीवान अभय सिंह ले ठाकुर कै निर्देश मा १७२० ई. मां मंदिरलाई जीर्णोद्धार गराए । मंदिर अहिले आफैं वर्तमान आकार लिएको छ भने मूर्ति गर्भगृह मै प्रतिस्थापित गराएका थिए । मूर्ति दुर्लभ ढुङ्गाले बनेको छ । खाटूश्याम, परिवारोंको एक ठूलो संख्या का कुलदेवता हुन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »