Century Times

इजरायलमा मारिएका धुनुषाका आनन्दको परिवारलाई आजीवन भत्ता दिइने

इजरायलमा मारिएका धुनुषाका आनन्दको परिवारलाई आजीवन भत्ता दिइने

इजरायलमा अक्टोबर ७ मा हमास विद्रोहीको आक्रमणमा मृत्यु भएका धनुषाका आनन्द साह लगायत १० नेपाली विद्यार्थीहरुको परिवारलाई इजरायल सरकारले आजीवन भत्ता दिने निर्णय गरेको छ ।

नेपालका लागि इजरायलका राजदूत हनान गोदरले मृतकका परिवारलाई इजरायली सरकारले आजीवन भत्ता दिने जानकारी दिएका छन् । ‘इजरायलको कानुनले इजरायली र नेपालीलाई समान व्यवहार गर्छ । इजरायली भूमिमा पाहुनाको रुपमा आउदा नेपालीहरुको मृत्यु भएको हो,’ उनले भने,‘त्यसैले इजरायलको सरकारले १० जनाको परिवारलाई भत्ता दिन थालिसकेको छ ।’ विद्रोही हमासको आक्रमणद्वारा इजरायलमा कृषि बढ्न गएका विद्यार्थीहरुको मृत्यु भएको थियो ।

मृत्यु हुनेहहरुमा घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी, लेकम–५ दार्चुलाका दीपेशराज बिष्ट, सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी रहेका छन् ।

उनीहरुको परिवारले आजीवन भत्ता पाउने छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »