Century Times

लोसपाले छाड्यो मधेश सरकार, वनमन्त्री कुर्मीले दिए राजीनामा

लोसपाले छाड्यो मधेश सरकार, वनमन्त्री कुर्मीले दिए राजीनामा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश सरकार छाड्ने निर्णय गरेको छ ।

लोसपा संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको हो । योसँगै लोसपाबाट वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् ।

लोसपाले मधेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई विश्वासको मत पनि नदिने निर्णय गरेको एक नेताले बताए ।

लोसपा सरकार छाडेपनि मधेशमा सत्ता गठबन्धनको बहुमत रहेकाले मुख्यमन्त्री सुरक्षित रहने देखिएको छ । लोसपाका ९ सांसद छन् । मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन प्रदेशसभा बैठकमा डाँकेको थिए । तर बैठक जनमत पार्टी र नेपाली कांग्रेसले अवरुद्ध गरेका छन् ।

Leave a reply

Your email address will not be published.

Translate »