Century Times

उपेन्द्र यादवबाट छुट्टिएर अशोक राई नेतृत्वमा गठन भएको पार्टीका यी हुन् पदाधिकारी

उपेन्द्र यादवबाट छुट्टिएर अशोक राई नेतृत्वमा गठन भएको पार्टीका यी हुन् पदाधिकारी

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएको छ।

राईको अध्यक्षतामा काठमाडौंको खुसिबुँमा भएको बैठकले नयाँ दल गठन गरेको हो। नयाँ पार्टीको केन्द्रीय समितिको अध्यक्ष अशोक राई भएका छन्।

संघीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ चयन भएका छन्। त्यस्तै, रेणु कुमारी यादव सह-अध्यक्ष छिन्। त्यस्तै, हालका वनमन्त्री नवल किशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ उपाध्यक्ष बनेका छन्।

महासचिवको जिम्मेवारी मोहम्मद इश्तियाक राईले पाएका छन्। त्यस्तै, प्रदीप यादव उपमहासचिव बनेका छन्।

दिपक कार्की र रञ्जु ठाकुर सचिव भएका छन्। विरेन्द्र महतो कोषाध्यक्ष बनेका छन्। सोसँगै जनता समाजवादी पार्टीले ३१ सदस्यीय समिति गठन गरेको छ।

यस्ता छन् पदाधिकारीहरू:

padatikari-jasapa-futesi-1714921369.jpg

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »