Century Times

यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण

यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण

काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।

जहाज क्याप्टेन लबिस चन्दले उडाएका थिए। कलाकार शान्ति श्री परियारले कठिन अवस्थामा जहाज जनकपुर अवतरण भएको बताइन्। उनले सामाजिक सञ्जालमा लेखेकी छिन्- ‘धन्यवाद क्याप्टेन लबिस चन्द, प्लेनमा रहेका हामी सबैले ७५ प्रतिशत जिन्दगी छोडेका थियौँ, हजुरले आफ्नो प्रयास जारी राख्नु भो र गन्तव्यभन्दा फरक ठाउँमा अवतरण भयो तर सबैलाई नयाँ जीवन त दिनुभयो नि ।’

जिल्ला प्रहरी कार्यालय धनुषाले जहाज आकस्मिक अवतरण भएको जानकारी आएपनि थप विवरण प्राप्त नभएको बतायो । सोमबार साँझ राजधानीसहित देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा भएको थियो।

खराब मौसमको कारण कतिपय आन्तरिक तथा बाह्य उडान प्रभावित बनेका थिए। आकस्मिक अवतरणबारे थप विवरण प्राप्त भइसकेको छैन।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »