Century Times

क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या

क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या

नचिनेका मान्छेको समूहको गोली प्रहारबाट बाराको कलैयामा रहेको रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको ज्यान गएको छ ।

आदर्शकोतवाल गाउँपालिका–२ खजुरियाको पुर्ख्यौली घरबाट मोटरसाइकलमा कलैया फर्कने क्रममा आदर्शकोतवाल गाउँपालिका–३ बतरा गाउँको दक्षिणमा रहेका लंगहासन माई मन्दिर अगाडि कुशवाहामाथि गोली प्रहार भएको थियो ।

प्रहरीकाअनुसार दुई वटा मोटरसाइकलमा आएका चार जनाले कुशवाहाको बाटो छेकी पिँठ्यूमा एक राउण्ड गोली प्रहार गरी भागेका थिए । गोली लागि गम्भीर घाइते भएका कुशवाहाको उपचारका क्रममा वीरगञ्जको ब्योधा अस्पतालमा हिजो बेलुकी ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »