Century Times

गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी पक्राउ

गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी पक्राउ

गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले आइतबार पूर्व डीआईजी समेत रहेका जोशीलाई पक्राउ गरेको हो । उनी काठमाडौंबाट पक्राउ परेका हुन् ।

सुर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित जिवी राई,रवि लामिछाने,कुमार रम्तेलको नाम किटान गर्दै कारबाही गर्न सरकार समक्ष सिफारिस गरेको थियो ।

गृहमन्त्री रमेश लेखकले आजै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै प्रहरीलाई निर्देशन दिएका थिए । लगत्तै उनी पक्राउ परेका हुन् । प्रहरीले जोशीलाई पोखरा लैजाने तयारी गरिरहेको छ ।

समितिले भदौ ३१ गते संसदमा प्रतिवेदन बुझाएको थियो । असोज २ गते बसेको मन्त्रीपरिषद् बैठकले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय समेत गरेको थियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »