Century Times

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा सुनको कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै चाँदीको भाउ ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १९८० रहेको चाँदी यस दिन १९८५ रुपैयाँ पुगेको छ । चाँदीको यो भाउ हालसम्मकै उच्च हो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »