Century Times

जनमतका सचिव बीपी साहसहित ७ नेताको निलम्बन फुकुवा

जनमतका सचिव बीपी साहसहित ७ नेताको निलम्बन फुकुवा

सीके राउत नेतृत्वको जनमत पार्टीले सचिव बीपी साहसहित सातजनाको निलम्बन फुकुवा गरेको छ । असार २० गते पार्टी केन्द्रीय अनुशासन समितिले तीन महिनालाई निलम्बन गरिएका नेताहरूको कारवाही फुकुवा गरेको हो ।

निलम्बनमा परेका नेताहरूको अनुशासनमा सुधार देखिएकाले सोमबारदेखि ७ जनाको निलम्बन फुकुवा गरेको उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख दीपक कुमार साहले बताए ।

निलम्बन फुकुवा हुनेहरूमा सचिव बीपी साह, केन्द्रीय सदस्य रामेश्वर यादव, सिरहाको मिर्चैया नगरपालिकाका नगर सचिव कृष्णचन्द्र साह, सिरहाका पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, मिर्चैयाका साधारण सदस्य धिरज कामती, वडा प्रत्यासी अनिताकुमारी यादव र मिर्चैया नगरका पूर्वसचिव दिपनारायण यादव रहेका छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »