Century Times

जनकपुरधामको बसहियामा माटोको ढिस्कोमा पुरिएका ५ जनाको उद्धार

जनकपुरधामको बसहियामा माटोको ढिस्कोमा पुरिएका ५ जनाको उद्धार

जनकपुरधाम उप महानगरपालिका वार्ड नं २४, बसहियामा धस्ना परेर पाँच जना स्थानीय घाइते भएका छन् ।

दिपावलीको अवसरमा घर आँगन निप पोत गर्नका लागि माटो ल्याउन जाने क्रममा राष्ट्रिय प्राथमिक विद्यालयको उत्रपटिमा रहेको लक्ष्मी सागरनिर उक्त घटना भएको वाड नं २४ का वडाध्यक्ष उपेन्द्र सहनीले जानकारी दिए ।

घाइते हुनेमा ३५ वर्षीया रिता देवी मुखिया, ७ वर्षीया मेघा कुमारी मंडल, ६ वर्षीया कल्पना मंडल, १३ वर्षीया चाँदनी मुखिया र ४० वर्षीया निर्मला देवी दास रहेका छन् ।

प्रदेशिक अस्पताल जनकपुरका मेडिकल अफिसर रमेश यादवका अनुसार, पाँचै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »