Century Times

धनतेरसको दिन सुनको भाउमा नयाँ कीर्तिमान : तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ पुग्यो

धनतेरसको दिन सुनको भाउमा नयाँ कीर्तिमान : तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ पुग्यो

आज धनतेरसको दिन सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज सुन एकैदिन एक हजार पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो भाउ अहिलेसम्मकै उच्च हो । यसअघि अस्ति गएको आइतवार सुन तोलाको एक लाख ६७ हजार चार सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ४० रुपैयाँले बढेर ताेलाकाे दुई हजार एक सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । विशेषगरी तिहारको धनतेरसका दिन सुनचाँदीलगायत अन्य धातुको सामग्रीको किन्ने चलन छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »