
जनकपुर | राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइइ)को नतिजा प्रकाशन गरेको छ । सोमवार बसेको बोर्ड बैठकले विद्यालयले गरेको आन्तरिक मुल्याङ्कनलाई प्रमाणीकरण गरी एसइइको नतिजा सार्वजनिक गरेको हो ।
यसवर्ष जिपिए छुट्याइएको छैन भने ग्रेडवृद्धि परीक्षा पनि नहुने भएको छ ।
सरकारको निर्णय अनुसार २०७६ को एसइइको विद्यालयले नै आन्तरिक मुल्याङ्कन गरेको थियो । विद्यालयको मुल्याङ्कनलाई बोर्डले प्रमाणिकरण गरी नतिजा सार्वजनिक गरेको परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बताए ।
बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०७६ को एसइइमा कुल चार लाख ८२ हजार नौ सय ८६ विद्यार्थीले परीक्षाको लागि आवदेन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि योग्य चार लाख ७२ हजार ७८ विद्यार्थीको प्रमाणित प्राप्तांक विवरण प्राप्त भएको बोर्डले जनाएको छ ।

कोभिड–१९ को संक्रमण बढ्दै गएको र विद्यालय समेत क्वारेन्टाइनकारुपमा प्रयोग भएकाले पहिले जस्तै गरी परीक्षा लिन नसक्ने अवस्था भएपछि मन्त्रिपरिषले ०७६ को एसइइको विद्यालयले गरेको आन्तरिक मुल्याङकनका आधारमा ग्रेडसिट दिने निर्णय भएको थियो ।
नतिजा यहाँ हेर्नुहोस् ! 👉👉 https://centurytimes.com.np/online-results/
