Century Times

प्रदेश २ मा कोरोना नियन्त्रण गर्न प्रहरीले बलप्रयोग गर्नुपर्ने अवस्था आउन सक्छः DIG सिंह


उजिर कार्की

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ– प्रदेश २। नेपालमा कोरोनाबाट ज्यान गुमाउनेमध्ये झण्डै ४५ प्रतिशत मानिस यही प्रदेशका छन्। सबैभन्दा बढी जोखिम देखिएको प्रदेशमा सतर्कता कस्तो छ? प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहसँगको कुराकानीः

प्रदेश २ मा कोरोना संक्रमणबाट सबैभन्दा धेरैको ज्यान गएको छ। प्रहरीको अवस्था कस्तो छ?
विगत ५ महिनादेखि प्रहरीको मुख्य काम कोरोना संक्रमण जोखिम व्यवस्थापनमा केन्द्रित छ। ४४ जनाको मृत्यु भइसकेको छ। प्रहरी पनि १ सय २ जना संक्रमण भएका छन्। जसमध्ये ४० जना निको भइसकेका छन्। ६२ जना अहिले पनि आइसोलेसनमा छन्। समग्रमा ५ हजार ८ सय बढी मानिसलाई कोरोना लागिसकेको छ। ४६ सय बढी निको भएर घर फर्किसकेका छन्। अहिले १८ सय बढी संक्रमित छन्।

प्रदेश २ किन सबैभन्दा बढी प्रभावित बन्यो?
यो प्रदेशभित्र सुरुमा रौतहट बढी जोखिममा देखिएको थियो। १३ सय जति संक्रमित देखिएका थिए। भारतमा काम गर्न जाने फर्किन थालेपछि धनुषा र रौतहट बढी जोखिममा देखिए। अहिले वीरगन्ज र राजबिराज बढी जोखिममा देखिएका छन्।

पहिले पूर्णरुपमा बोर्डर सिल थियो। त्यतिबेला हामीले नेपालीलाई मात्रै आउन दिएका थियौं। तर पछि भारतीय मजदुर पनि ठूलो संख्यामा आए। आउने नेपालीलाई पनि सुरुमा क्वारेन्टिनमा राख्थ्यौं। त्यहाँ परीक्षण गरिसकेपछि मात्रै घर फर्किन दिने गरेका थियौं। भारतमा सवारी खुलिसकेपछि विभिन्न ठाउँबाट प्रवेश गर्ने नेपालीको संख्या बढ्न थाल्यो। नेपालीहरु अनियन्त्रित रुपमा आउन थाले।

सरकारले लामो समय लकडाउन गरेर केही सहज बनाउने निर्णय गर्‍यो। लकडाउन खुलिसकेपछि पहिले जस्तो मानिसहरु क्वारेन्टिनमा राख्न छाडियो। त्यसकारण पनि कोरोना बढी फैलियो। भारतबाट लुकिछिपि आउन थाले, यी क्षेत्रमा औधोगिक क्षेत्रमा पनि धेरै भारतीयले काम गर्ने भएकाले उनीहरु नेपाल प्रवेश गर्न थाले। जसले जोखिम बढाएको देखिएको छ। बारा र पर्सामा भएका उद्योगमा आएका श्रमिकहरुमा देखिएको छ। जगदम्बाका एक जना अधिकृतको मृत्यु पनि भयो। हामीले अहिले भारतीय श्रमिकका बारेमा छानबिन पनि गरिरहेका छौं।

वीरगन्जमा साढे सात सय जति एक्टिभ संक्रमित देखिएका छन्। त्यसमध्ये ६/७ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई आईसीयूमा राखिएको छ। कतिपयलाई स्वास्थ्यको मापदण्ड पूरा गरिसकेपछि होम आइसोलेसनमा पनि राखिएको छ। जो घरमा बस्न सक्छन्, जसको स्वास्थ्यको मापदण्ड पूरा गर्न मिल्ने घर छ, उनीहरुलाई घरमै राखिएको छ।

Image may contain: screen

प्रहरी पनि धेरै संक्रमित छन्। उनीहरुलाई कसरी संक्रमण देखियो?
पर्सामा ३३ जना हिरासतमा भएकामा कोरोना संक्रमण देखिएको छ। सर्लाहीमा ६, सिरहामा ६ जनालाई लागेको छ थुनुवाहरुलाई। यीमध्ये ८० प्रतिशतजति लागू औषधमा पक्राउ परेका व्यक्तिहरु हुन्। जो कारोबार गर्न भारत आउजाउ गरे। उनीहरुलाई देखिएपछि हाम्रा गार्ड, मुद्दा शाखामा काम गर्ने, उनीहरुलाई अदालत लैजाने, उनीहरुलाई अस्पताल लैजाने प्रहरीहरुमा संक्रमण देखिएको छ। प्रहरीमा संक्रमणको श्रोत यो पनि भयो।

दोश्रो कुरा, नागरिकता विधेयकपछि यो प्रदेशमा विरोधका कार्यक्रमहरु हरेक जिल्लामा भए। कानुनभन्दा बाहिर गएर आगो बाल्ने, पुत्ला जलाउने, मसाल जुलुस गर्ने काम पनि यही बेलामा भयो। उनीहरुलाई नियन्त्रण गर्ने क्रममा प्रहरी नजिक जानु पर्‍यो।

तेश्रो कारण, यो प्रदेशमा ६ सय बढी साना ठूला क्वारेन्टिन छन्। ती सबैको सुरक्षा नेपाल प्रहरीले गर्छ। रौतहटमा स्वास्थयकर्मीहरु कुटिए। रिपोर्ट १० दिनसम्म पनि नआउँदा विरोध भयो। विरोधका क्रममा स्वास्थ्यकर्मी नै कुटिएपछि प्रहरी अगाडि बढ्नै पर्‍यो। क्वारेन्टिनमा रहेका व्यक्ति विरोधमा उत्रिएपछि उनीहरुलाई पक्राउ गर्नु पर्ने अवस्था आयो। यी कारणले प्रहरीमा संक्रमण भएको हो।

कोरोना नियन्त्रणबाहिर गएको हो?
८२ जना स्वास्थ्यकर्मी यो प्रदेशमा संक्रमित छन्। तीमध्ये ४० जना वीरगन्जका छन्। डाक्टर, स्टाफ नर्सहरु आईसीयूमा काम गर्ने जनशक्ति आफैं संक्रमित भएका छन्। फ्रन्टलाइनमा काम गर्ने जनशक्ति नै यो अवस्थामा छ। संक्रमण देखिएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्ने व्यक्तिको अवस्था नै यो छ। स्वास्थ्यकर्मीलाई नै संक्रमण भएको कारण पर्याप्त मात्रामा सेवा दिन सकिएको छैन। अहिले नै नियन्त्रण बाहिर त भन्न नमिल्ला, तर स्थिति गाह्रो बन्दै गएको छ।

जोखिम कम गर्न प्रहरीले के गरिरहेको छ?
मास्क नलगाउने एक लाख २० हजार बढीलाई हामीले कारबाही गरिसकेका छौं। मास्क किन्नै नसक्ने अवस्था भएकालाई मास्क वितरण गर्छौं। अटेर गर्नेलाई एक सय रुपैयाँका दरले जरिवाना र तीन घण्टा प्रशिक्षण दिने गरेका छौं। आवतजावतमा कडाइ गरिएको छ। अति आवश्यकीय काममा बाहेक हिँडडुल गर्न बन्द गर्न निर्देशन गरिसकेका छौं। औषधि पसलबाहेक अरु सबै पसलहरु दिनभर बन्द हुन्छन्।

भारतीय सीमा कसरी सतर्कता अपनाइएको छ?
नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमामा निगरानी गरिरहेका छन्। प्रदेश २ भर नै २ सय मिटरको फरकमा सशस्त्र प्रहरीको पोस्ट राखिएको छ। सीमा नियमन गर्न सशस्त्रलाई नेपाल प्रहरीले सहयोग गरिरहेको छ। अहिले पनि तोकिएका नाकाबाट आउन पाइन्छ। आठ वटै जिल्लाबाट दैनिक ३०÷४० जना आइरहेका छन्। उनीहरु आइसकेपछि क्वारेन्टिनमा राखिन्छ। उतै पीसीआर परीक्षण गरेर आएकाहरुलाई होम आइसोलेसनमा राखिन्छ। पीसीआर टेस्ट नगरी आएकाहरुलाई क्वारेन्टिनमा राखिन्छ र रिपोर्ट आइसकेपछि मात्रै नेगेटिभ आउने घर जान्छन्। अरुलाई आइसोलेसनमा राखिन्छ।

संक्रमण देखिएका मध्ये धेरै घर फर्किसकेका छन्। यो सकारात्मक छ। पहिलेभन्दा अहिले नागरिकहरु सचेत पनि हुँदै गएका छन्। पहिले ३० प्रतिशतले मास्क लगाउँथे भने अहिले ९० प्रतिशतले मास्क लगाउँछन्। कोहीले जानेर लगाउँछन्, कोहीले प्रहरीको डरले। जे भए पनि मास्क लगाउनेको संख्या बढेको छ।

मास्क वितरण पनि गाउँगाउँमा गएर गरिरहेका छौं। अति आवश्यकभन्दा गतिविधि नगर्ने, आफूलाई लक्षण देखियो भने नलुकाउन अनुरोध गरिरहेका छौं। यो गर्ने हो भने कम क्षति हुन सक्छ। नागरिक सचेत भइदिने हो भने हामीले यो लडाइँ जित्न सक्छौं। होइन भने प्रहरी प्रशासन कडा कदम चाल्न बाध्य हुन सक्छ। ठूला अस्पतालहरु बलपूर्वक लिनु पर्ने हुन सक्छ। अस्पतालहरुको लापरबाही देखिइरहेको छ। बिरामी नलिने, आलटाल गर्ने देखिएको छ। त्यस्तो अवस्थामा जनतालाई सुरक्षित गराउन हामी कडा रुपमा प्रस्तुत हुनुपर्ने हुन सक्छ। यो अवस्थामा कालोबजारी गर्ने ३ सय ५४ जना कालोबजारी गर्नेलाई कारबाही गरेका छौं। स्थितिअनुसार रणनीति बनाएर अगाडि बढ्छौं।

No photo description available.

यसबाहेक प्रदेश २ को सुरक्षा चुनौती के हो?
प्रदेशको चार सय ९५ किलोमिटर खुल्ला सिमाना छ। भारतसँग जोडिएको छ, भारतको बिहारका ५ वटा जिल्लासँग प्रदेश २ का ८ वटा जिल्ला जोडिएका छन्। मुख्य चुनौती भनेको तस्करी नै हो। पहिले जस्तै, अहिले पनि तस्करीको समस्या छ। साना हातहतियार ओसारपसार, तस्करीका सामानहरु ओसारपसार गर्ने, केही अपहरण, जघन्य हत्या, अपराध गरिसकेपछि पारि गएर लुक्ने गर्छन्।

लागूऔषधको समस्या मुख्य छ। दुवैतर्फबाट ओसारपसार हुन्छ। नेपालतर्फबाट गाँजा, चरेस जान्छ भने लठ्याउने ट्याब्लेट, इन्जेक्सनहरु भारततर्फबाट आउँछ। यी सँगै आर्थिक अपराधहरु पनि छन्। राजश्व छली अर्को समस्या हो। त्यसपछि सामाजिक अपराधहरु पनि सबैभन्दा बढी यहीँ भएका छन्। बोक्सीको आरोपमा, बालबालिका, महिलाविरुद्धका मुद्दा पनि यही प्रदेशमा बढी दर्ता भएका छन्। दाइजो प्रथाबाट प्रताडित भएका र यहि कारण बुहारीले आत्महत्या गर्नु पर्ने अवस्था पनि छ।

लकडाउनकै अवधिमा ठूला अपराधमा संलग्नलाई पनि पक्राउ गरिरहनु भएको छ नि?
रौतहटको इँटाभट्टामा जलाइएको घटनामा संलग्न दुई जनालाई पनि पक्राउ गरिएको छ। पत्रकार वीरेन्द्र साहका हत्यारा पक्राउ परे। सुन्धाराको सुन र हतियारको घटनामा फरार रहेका मुख्य अभियुक्त पनि पक्राउ परे। २७ वटा साना हतियार पक्राउ गरेका छौं। १ सय १७ जना फरार अपराधी पक्राउ गरेका छन्। अवस्था जस्तो भए पनि हाम्रो कर्तव्य भनेको यही हो। समाज र नागरिकको सुरक्षा गर्नु। यसमा अवस्था के आउँछ भन्ने भन्दा पनि प्रहरीले जसरी पनि पूरा गर्नैपर्छ।

क्रेडिट: नेपालखबर

Image may contain: text that says "SODIUM HYPOCHLORITE 10% SURFACE DISINFECTANTANT SANITISER For external use only Keep in cool dry place away from Chlorine content at the time of packing & can very with time NET WEIGHT 6 KGS HOW TO USE To To make your own surface clear use 10% surface cleaner solution and 90% water. 900ML Water 90% Water 100ML Solution 1Ltr. Bottle Solution Large Bucket AGAINST COVID-19 be used the sanitisation Public Places, Offices, Factories, Tunnels use laid outin the Govt. ofIndia Guidelines"
Contact: 9801649565

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »