Century Times

कलैया उपमहानगरपालिका वडाअध्यक्ष यादव को निधन

कलैया उपमहानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष बिक्रम यादव को निधन भएको छ ।बिगत केही महिना देखि काठमाडौ स्थित टिचिङ अस्पताल महाराजगन्जमा उनको उपचार भैरहेको थियो । पछिल्लो पटक उनी ४ ,५ दिन देखि अस्पताल मै भर्ना भएर उपचार गराई रहेका थिए । उनलाई डाक्टर को सल्लाह बमोजिम भर्ना गर्नु परेको ले अस्पताल मै थिए । टिचिङ अस्पताल का डाक्टर का अनुसार आज १० बजे लिभर सिरोसिस का कारण मृत्यु भएको पुष्टि भएको हो । स्व . वडा अध्यक्ष यादव एमाले पार्टी बाट वडा अध्यक्ष मा निर्वाचित भएका थिए ।पारिवारिक कुरा गर्ने हो भने उनको चार वटा छोरा र तीन वटा छोरी रहेका छन् ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Translate »