Century Times

जबर्जस्ती करणी गर्ने लाई बचाउन स्थानिय र राजनीतिक दवाव

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीकी ४ वर्षीया बालिका पूजा (परिवर्तित नाम) आफ्नै छिमेकीद्वारा बलात्कृत भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बालिकालाई सोही वडाका ५० वर्षीय पुरुष छेदु मण्डलले जबर्जस्ती करणी गरेका हुन् ।

बालिका बलात्कार गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले अभियुक्त मण्डललाई पक्राउ गरिसकेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । पीडित बालिकाको अभिभावकले निवेदन दिएपछि उनलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार साँझ छिमेकी बालिकालाई खेलाउनका लागि मण्डलले घरबाट आफूसँग लगेका थिए । खेलाउन लगेको मौका छोपी उनले बालिकालाई आँपको बगैचामा लगि जबर्जस्ती करणी गरेका थिए ।

अबेर साँझसम्म घर नफर्केपछि घरपरिवारले बालिकाको खोजविन गर्दैजाँदा घर भन्दा करिव २ सय मिटर पर आँपको बगैचामा अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा प्रहरीले बुधबार बिहान मण्डललाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको एसपी रानाभाटले बताए ।

यसअघि पनि सो पुरुषले आफ्नै गाउँकी एक महिलालाई समेत जबर्जस्ती करणी गरेका थिए । त्यो बेला स्थानीयले सो घटनालाई गाउँमै ढाकछोप गरी मिलाएका थिए ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »