बाबा ताललाई पर्यटकीयस्थलको रुपमा विकास गर्न आयोगले यथाशिघ्र पहल गर्ने : अध्यक्ष डा.दत्त
मधेशी आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूले प्रदेश-२ अन्तर्गत सिरहा जिल्लामा पर्ने बाबा ताललाई नेपालको पर्यटकीयस्थल को रुपमा विकास गर्न आयोगले पहल गर्ने बताउनुभयो | सिरहाको अनुगमनमा जाने क्रममा बाबा ताल पुग्नुभएका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्युले बाबा ताल पर्यटकीय गन्तव्य को रुपमा उचित स्थान रहेको बताउनुभयो | बाबा तालको निरीक्षण गर्ने क्रममा यसको आफ्नो छुट्टै सांस्कृतिक महत्व र इतिहास रहेको माननीय अध्यक्षज्यूले बताउनुभयो | बाबा तालको सौन्दर्यीकरण गर्न र पर्यटनको लागि महत्वपूर्ण गन्तव्यको रुपमा स्थापित गर्न आयोगले सम्बन्धित निकायमा पहल गर्ने माननीय अध्यक्षज्यूले प्रतिबद्धता व्यक्त गर्नुभयो |मधेशी आयोगलाई इतिहास, संस्कृति, भाषा,लिपि, कला आदि लाई संरक्षण, सम्वर्धन र सशक्तीकरणको लागि आवश्यक कार्यक्रमको तजुर्मा गरि नेपाल सरकारमा सिफारिस गर्ने अधिकार रहेको समेत सबैमा विनम्र निवेदन गरेका छन्।