मिति २०७८।०४।२५ गते
अ. २३:५५ बजेको समयमा ईलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला कैलाली गौरीगंगा नगरपालिका वडा नं.०९ शंकरपुर स्थित पुर्वपश्चिम राजमार्गमा पश्चिम बाट पुर्व तर्फ गईरहेको चालक जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा न.२ बस्ने बर्ष ४६ को मोहित कुमार शाहले चलाई ऐ.कैलारी गाँउपालिका वडा नं.०९ बस्ने वर्ष ५३ को खेम राज चौधरी, ऐ. धनगढी उपमहानगरपालिका वडा नं.०१ बस्ने वर्ष ४६ को रुपक मल्ल र ऐ.कैलारी गाँउपालिका वडा नं ९ बस्ने वर्ष ३३ को योगेन्द्र बहादुर देउवा सवार भई आएको बा १७ च १३१२ नम्बरको जिपलाई चेकजाँच गर्ने क्रममा जिप भित्र लुकाई राखिएको अवस्थामा १२ बोर थान -१, ऐ.को कार्टिज थान-१ र पोईन्ट टु टु थान-१, ऐ.को गोली १० राउण्ड समेत फेला पारी बरामद गरिएको ।

प्रारम्भिक अनुसन्धानको क्रममा १२ बोर थान -१, ऐ.को कार्टिज थान-१ खेम राज चौधरीको र पोईन्ट टु टु थान-१, ऐ.को गोली १० राउण्ड मोहित कुमार शाहको भन्ने खुल्न आएको हुँदा निज दुवै जनालाई पक्राउ गरी हातहतियार खरखजाना शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धानका कार्य भईरहेको ।
Century Times
