Century Times

प्रदेश २ लोसपा संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन् ।

जनकपुरको होटल सिटी स्टारमा सोमबार अबेर रातिसम्म बसेको संसदीय दलको बैठकमा सहमती नजुट्दा निर्वाचन भयो । निर्वाचनमा १६ सासदमध्ये सोनल ९ मत ल्याएर दलको नेता बन्न सफल भएका हुन् ।

सोनल सँग उपेन्द्र महतोले चुनावी प्रतिस्पर्धा गरेका थिए । उनले मात्र ६ मत पाए । एक मत बदर भएको बुझिएको छ । सोनल यसअघि साविकको राजपा नेपालका प्रदेश २ संसदीय दलको नेता थिए ।उनी प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका थिए । केही महिनाअघि मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षको भन्दै उनलाई सरकारबाट हटाएका थिए ।

लोसपा नेपालका युवा नेता सर्फुल्लाह अंसारी र बाराको कलैया उप महानगपालिका का नगर अध्यक्ष जय प्रकाश ज्यूले बधाई ज्ञापन गरेका छन् ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »