Century Times

स्थानिय स्तरमा प्रयोगशाला खोल्ने निर्देशन वन मन्त्री मा. रामसहाय प्रसाद यादव

वन तथा वातावरण मन्त्री मा. रामसहाय प्रसाद यादव द्वारा वनस्पति विभागमा अवलोकन तथा निरिक्षण गरिएको छ। आज माननिय मन्त्रीज्यु द्वारा काठमाण्डौं स्थित वनस्पति विभागमा मन्त्रालयका सचिव डा. पेम नारायण कँडेल तथा विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलका साथ वनस्पति विभागका ल्याब उपकरण र विभिन्न प्रकारका परिक्षण र प्रशोधनका लागि राखिएका बनस्पतिहरूको अवलोकन गर्नु भएको छ।नेपालमा विभिन्न प्रकारका वनस्पति भएतापनि हामी यस क्षेत्रमा आधुनिकरण र बजारिकरणमा अगाडि बढ्न र विकसित हुन सकेका छैनौं, प्रयोगशालाहरूमा पनि आधुनिक उपकरणको अभाव रहेको र ल्याबटेक्निसियनहरूलाई पनि आधुनिक तालिम उपलब्ध नहुनाले यस क्षेत्रलाई विकसित हुनबाट बञ्चित राखेको छ।

साथै यस क्षेत्रमा विशेष लगानि र बजेट अभावका कारण पनि समस्या देखिएको हो। नेपालको वनस्पति उत्पादनलाई विकसित गरियो र यहिको जडिबुट्टिबाट उत्पादित बस्तुको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारको व्यवस्था गर्न सकियो भने देशलाई ठुलै उपलब्धि हुन सक्ने र राष्ट्रिय अर्थतन्त्रमा पनि महत्वपुर्ण योगदान दिदै रोजगारको सृजना पनि हुनेछ भन्दै मन्त्री ज्युले यस तर्फ ध्यान दिन र निति नियम तथा कानुन बनाई अघि बढ्न निर्देशन दिनु भयो। साथै स्थानिय स्तरमा नै वनस्पति प्ररिक्षणका लागि प्रयोगशाला निर्माण गर्न निति नियम बनाई अघि बढ्न निर्दैशन पनि दिनु भयो। स्थानिय स्तरमा प्ररिक्षण प्रयोगशाला निर्माण भयो भने जडिबुट्टि वनस्पति सम्बन्धि कृषि गर्ने कृषकहरूलाई सहज र ठुलै मद्दत गर्ने जस कारण यस क्षेत्रको विकास, वनस्पति उत्पदानमा बृद्धि स्थानिय स्तरबाटै बढ्ने र बजारिकरण गर्न सकिने हुदा प्रयोगशाला निर्माण गर्नका लागि अघि बढ्न र प्रविधि ल्याबटेक्निसियको आधुनिक तालिमको पनि व्यवस्था गर्न निर्दैशन दिनु भएको छ।वन तथा वातावरण मन्त्रालय अन्तरगत रहेका सबै निकायलाई सकृय र आधुनिक गरि सबै निकायलाई परिचालन गरिने कुरा पनि बताउनु भयो।।

Leave a reply

Your email address will not be published. Required fields are marked *

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

भर्खरका पोष्टहरू

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »