कलैया-विरगन्ज सडकखण्ड अन्तर्गत सिसहनीयामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साह रहेका छन् ।

कलैया बाट विरगन्ज जादै गरेको बीआर ०५ एआर ५१५१नम्बर को भारतीय गाडीले विपरीत दिशा बाट आउँदै गरेको ना ८ प ८८६३ नम्बरको मोटरसाइकल लाई ठोक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनु भयो ।
Century Times
