Century Times

पर्सा मा दुई वटा हात्ती सहित मानिस नियन्त्रणमा

पर्सा चैत १२ /२०७८

बिक्री वितरणको लागि हात्तीहरू नेपालबाट भारत तर्फ हात्ती लैजाँदै गरेको सूचना प्राप्त भई यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय पोखरिया, पर्साबाट खटी गएको टोलीले मिति २०७८।१२।१२ गते १२;०० बजे जिल्ला पर्सा पकहामैनपुर गा.पा.वडा नं.५ पोखरिया टोलमा निम्न मानिसहरूले दुई वटा हात्ती लैजाँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई हात्ती तथा मानिसलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने कार्य भइरहेको व्यहोरा सूचित गरिएको छ भन्ने सूचना पर्सा जिल्ला प्रशासन ले जनाएको छ ।

सूचना सँगै मान्छे बारे विवरण नी खुलाइएको छ।

निम्न:-१) जिल्ला चितवन भरतपुर म.न.पा वडा.नं.१८ जितपुर बस्ने बिकवा महतोको छोरा अं.वर्ष ६० को बुदिराम महतो (माउते)

२) ऐ.ऐ.बस्ने डमर बहादुर कुमालको छोरा अं.वर्ष ४० को राजु कुमाल (माउते)

३) जि.पर्सा पकहामैनपुर गा.पा.वडा.नं.५ सबैठवा बस्ने अफताब आलम हुसेनको छोरा अं. बर्ष ३५ को सफरोज आलम ( विक्री वितरण गर्ने ) ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »