Century Times

उपप्रधानमन्त्री यादवद्वारा बर्थिङ्ग सेन्टरको उदघाटन, गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध हुन चिकित्सकहरुलाई निर्देशन

उपप्रधानमन्त्री यादवद्वारा बर्थिङ्ग सेन्टरको उदघाटन, गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध हुन चिकित्सकहरुलाई निर्देशन

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध हुन निर्देशन दिएका छन्।

शुक्रबार जनकपुरधाममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको प्रादेशिक अस्पताल जनकपुरधाममा नव निर्मित बर्थिङ सेन्टरको समुद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले भौतिक संरचनाको निर्माण र प्राविधिक व्‍यवस्थापनले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव नरहेको बताए।

दक्ष जनशक्तिको प्रतिबद्धताले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव रहेको सम्बोधन गर्दै मन्त्री यादवले चिकित्सकहरुलाई प्रतिबद्धताका साथ सेवामा जुटन निर्देशनसमेत दिए ।

उपप्रधानमन्त्री यादवले भने, ‘सरकारले भौतिक पुर्वाधार र दक्ष जनशक्ति ब्यवस्थापन गर्छ, गुणस्तरीय सेवाको लागि प्रतिबद्धता देखाउने जिम्मेवारी मिथिलाबासीको हो। मिथिलावासीलाई प्रमाणित गरेर देखाउनु पर्दछ।’

मधेश प्रदेश छिट्टै स्वास्थ्यको क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री यादवले जनकपुरधाम, राजविराज र वीरगंजमा स्वास्थ्य क्षेत्रको ठूलो प्रोजेक्टमा काम भइरहेको समेत बताए।

स्वास्थ्य लगायतको क्षेत्रमा अमेरिकी सहयोगको लागि अमेरिका सरकार र त्यहाँको जनतालाई धन्यवाद दिँदै उपप्रधानमन्त्री यादवले एमसिसीमार्फत भइरहेको विकास निर्माणको चर्चा पनि गरे।

यु एस इण्डो पैसिफिक कमाण्ड र यु एस एम्बेसीको सहयोगमा करिब १४ करोडको लागतमा निर्मित ७५ बेड्को बर्थिङ सेन्टरको सिलान्यास समेत २०१८ नोभेम्बर १९ उपप्रधानमन्त्री यादवले नै गरेका थिए।

प्रतिष्ठानका उपकुलपति डा अंकुर साहको अध्यक्षतामा भएको उक्त समारोहमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, उर्जा, खानेपानी तथा सिचाई मन्त्री सिंग्घासन सा कलवार, राज्यमन्त्री केशव राय चौधरी, संघिय स्वास्थ्य सचिव डा।रोशन पोखरेल , अमेरिकी राजदुत डिन आर थमसन, प्रदेशका स्वास्थ्य सचिव डा। प्रमोद यादव, प्रादेशिक अस्पतालका निर्देशक रामनरेश पण्डित सहितको सहभागिता थियो।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »