Century Times

विपक्षीहरुले मैले उम्मेदवारी फिर्ता लिएको भनेर भ्रामक हल्ला फैलाएः जितेन्द्र प्रसाद साह

विपक्षीहरुले मैले उम्मेदवारी फिर्ता लिएको भनेर भ्रामक हल्ला फैलाएः जितेन्द्र प्रसाद साह

जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी दिएका जितेन्द्रप्रसाद साहले आफूले उम्मेदवारी फिर्ता लिएको भ्रामक हल्ला फैलाइएको बताएका छन् ।

जउवा संघको नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएका उम्मेदवारहरु प्रचार प्रसारमा व्यस्त रहेको समयमा साहले उम्मेदवारी फिर्ता लिएको हल्ला फैलाइएको थियो । उनले पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी कायमै रहेको र उम्मेदवारी फिर्ता लिएको झुठो हल्ला फैलाइएको बताए । उनले भने ‘मेरो उम्मेदवारीबाट हतास भएकाहरु मेरो विषयमा फैलाई रहेका छन्, निर्वाचनमा होमिनु अघि नै पराजय स्वीकार गरिसकेकाहरुको यस्तो भ्रामक हल्लाबाट म हल्लिनेबला होइन ।’ उनले मैले उम्मेदवारी फिर्ता लिएको भ्रामक हल्ला मात्रै नभई मेरा साथी मित्रहरुको हिम्मत तोड्नेगरी फोन कलहरु समेत आएको दावी गरे । साहले जनकपुरधाम उद्योग वाणिज्य संघ राजनीतिक शक्तिको हातमा हाइजैक भईरहेको दावी गरे यो पटक व्यापारीलाई जिताउन आग्रह गरे । उनले भने ‘जनकपुरधाम उद्योग वाणिज्य संघलाई राजनीतिक चंगुलबाट निकाल्न म जस्ता व्यापारीलाई नेतृत्वमा जिताउने विश्वास छ ।, मलाई जिताएर व्यापारीहरुलाई जिताउन चाह्नु हुन्छ वा राजनीतिक शक्तिलाई त्यो यहाँका व्यापारी साथीहरुको हातमा छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »