धनुषा जिल्लाको हसपुर नगरपालिका वडा-७ पर्साही टोलमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) पार्टीको वडा भेला बाट वडा कमिटी गठन गरियो। वडा भेला कार्यक्रम नेकपा (एकीकृत समाजवादी ) का केन्द्रिय पोलिट्व्युरो सदस्य धनुषा जिल्ला इन्चार्ज कमरेड सुधीर प्रसाद साहको प्रमुख अतिथिमा र कमरेड रामो रामको अध्यक्षतामा आयोजना गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि कमरेड सुधीर प्रसाद साहले वर्तमान राजनीतिक अवस्था बारे मन्तव्यको क्रममा राख्नु भएको थियो। उक्त भेला बाट कमरेड शुभ नारायण मन्डलको नेतृत्वमा २५ सदस्य कमिटी गठन गरिएको जानकारी अध्यक्ष कमरेडले दिएको छ। आउने चुनावमा धनुषा जिल्लालाई एकीकृत समाजवादीमय बनाउने प्रतिबद्धता समेत गरेका छन।
Century Times
