जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले आफु चाढ्ने गाडीलाई एम्बुलेन्स बनाउनुभएको छ । बिभिन्न क्षेत्रबाट चौतर्फी दबाब आएपछि नगर प्रमुख पौडेलले आफु चढ्ने गाडीलाई एम्बुलेन्स बनाउनुभएको हो ।
ना १ झ १६१९ नम्बरको गाडीलाई एम्बुलेन्स बनाईएको नगर प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिनु भएको हो । यसअघि उपमहानगरपालिकामा रहेको मेयर, उप मेयर र प्रमुख प्रशासकीय अधिकृतको तिन वटै गाडीलाई एम्बुलेन्स बनाउनुपर्ने भन्दै उपमहानगरपालिकाको स्थानिय ले चौतर्फी विरोध गरेका थिए।
नगर प्रमुख डा. पौडेलले हाललाई एउटा गाडीलाई एम्बुलेन्स बनाईएको भन्दै आवश्यक्ता परे अन्यलाई पनि बनाईने बताउनुभयो छ।