Century Times

सिरोहियालाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश

सिरोहियालाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश

नागरिकता सम्बन्धि मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया समूहका अध्यक्ष कैलाश सिरोहियालाई तीनदिन हिरासतमा राख्नका लागि जिल्ला अदालत धनुषाले दोस्रो पटक आज अनुमति दिएको छ ।

जिल्ला अदालत धनुषाको इजलास नंं ५ का न्यायाधीश रामाकान्त ज्ञवालीको इजलासले आजको मिति देखि लागु हुनेगरि थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि प्रहरीलाई अनुमति दिएको अदालतका श्रेष्तेदार कैलाश भट्टराईले जानकारी दिनुभयो ।

प्रहरीले दोस्रो पटक जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्नका लागि अदालतसँग अनुमति माग गरेको भएपनि सिरोहियालाई आजको मितिले लागु हुने गरि तीन दिन हिरासतमा राख्न अनुमति दिएको श्रेस्तेदार भट्टराईले जानकारी दिनुभयो ।

सिरोहियालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गत मङ्गलवार कान्तिपुर मिडियाको कार्यालय थापाथलीबाट पक्राउ गरेर जनकपुरधाम ल्याएको थियो ।

कान्तिपुर मिडिया ग्रुपका सञ्चालक सिरोहियाको पक्षमा आधा दर्जन वरिष्ठ कानून व्यवसायीहरूले बहस गरेका थिए भने सरकारको पक्षबाट सरकारी वकिलले बहस गर्नु भएको थियो । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »